काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कोसी प्रदेशको पर्यटन प्रवर्द्धनमा स्वीस सरकारको सहयोग

2.78K
shares

पदयात्रामा आधारित पर्यटन परियोजनाका निम्ति स्वीट्जरल्याण्ड सरकारले नेपाललाई ९/०१ मिलियन स्वीसफ्रयाङ्क आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. ड्यानियल म्यूलीले सहयोग सम्झौतामा हस्ताक्षर गरे।

उक्त परियोजना यही वर्ष ९सन् २०२४० देखि कार्यान्वयन हुनेछ । सन् २०२८ सम्म सञ्चालन हुने सो परियोजनाबाट कोसी प्रदेशका २९ स्थानीय तहका करिब एक लाख स्थानीयले प्रत्यक्ष लाभ लिने विश्वास गरिएको अर्थ मन्त्रालयले जनाएको छ । परियोजनाको कार्यान्वयनबाट स्थानीय कला, संस्कृतिको संरक्षण, स्थानीय उत्पादन, रोजगारी सिर्जना तथा दिगो पर्यटनको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सो अवसरमा राजदूत म्यूलीले दिगो पर्यटन विकास र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने परियोजनाले कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । परियोजना कार्यान्वयनमा आएसँगै वातावरणमन्त्रै सामाजिक आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने भनाइ छ ।

अर्थ मन्त्रालयका सहसचिव एवं वैदेशिक सहयोग आर्थिक समन्वय महाशाखाका प्रमुख नेपालले कोसी प्रदेशको पर्यटन क्षमता अभिवृद्धि गर्ने र यसबाट पर्या–पर्यटनको प्रवर्द्धन गर्दै स्थानीय जनताको आयस्रोतमा वृद्धि गर्ने बताए ।