काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

2.59K
shares

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । हालै बिभाजन भएको जसपा नेपालले वैशाख ३१ र जेठ १ गते बस्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठकमा पार्टीमा हालै देखिएको विभाजन तथा पार्टीको आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गर्ने भनिएको महाधिवेशनको तयारीलाई तीव्रता दिने विषयमा छलफल हुने बताइएको छ । वरिष्ठ नेता अशोक राईले ७ सांसदलाई लिएर जसपा गठन गरेपछि जसपा नेपालले आगामी रणनीति बनाउदै छ ।