global ime bank Long Banner Ad

गृहपृष्ठ भलिबल टोली बङ्गलादेश प्रस्थान

भलिबल टोली बङ्गलादेश प्रस्थान

भलिबल टोली बङ्गलादेश प्रस्थान

बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

ढाकामा यही वैशाख १४ गतेदेखि हुन गइरहेको आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यु–१९ प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसरको आज भक्तपुरमा आयोजित कार्यक्रममा बिदाइ गरियो ।

खेलाडी सुरेश मल्ल, यज्ञराज जोशी, अविशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शशि पुलामीमगर र भुवन तामाङ बङ्गलादेश प्रस्थान गरेको टिम म्यानेजरसमेत रहेका दीपक थापाले बताए। प्रतियोगितामा भाग लिन आजै टिम म्यानेजर थापासहित प्रशिक्षक उत्सव खड्का र सहायक प्रशिक्षक जनकबहादुर खड्का ढाका प्रस्थान गरेका छन्।

जिल्ला खेलकुद विकास समिति भक्तपुरका निवर्तमान अध्यक्ष एवं टिम म्यानेजर दीपक थापाको नेतृत्वको टोलीले सहयोग रकम सङ्कलन गरी त्यसतर्फ लागेको छ । सरकारी निकायबाट सहयोग नभएपछि सहायता फाउण्डेसनका अध्यक्ष राजु ढु्ङ्गेल, व्यवसायी लक्ष्मण अवाल र थापा आफैँले रकम जुटाउनुभएको सो अवसरमा जानकारी दिइयो ।

प्रकाशित समय : १३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु