global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै छन् । मुख्यमन्त्री कँडेलले आज अपराहन्न ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिदै छन् ।

विश्वासको मत लिनु मूख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई बिना विभागीय मन्त्री बनाएका छन् ।

चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

४० सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनमा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एक सांसद रहेका छन् । त्यस्तै कर्णालीमा कांग्रेसका १४, राप्रपा र स्वतन्त्रका एक एक सांसद रहेका छन् ।

प्रकाशित समय : ०९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु