global ime bank Long Banner Ad

गृहपृष्ठ रौतहटमा सवारी दुर्घटनाः १ बर्षमा ४१ को मृत्यु, १७ हजार सवारी कारवाहीमा

रौतहटमा सवारी दुर्घटनाः १ बर्षमा ४१ को मृत्यु, १७ हजार सवारी कारवाहीमा

रौतहटमा सवारी दुर्घटनाः १ बर्षमा ४१ को मृत्यु, १७ हजार सवारी कारवाहीमा

रौतहट स्थित सवारी दुर्घटनामा परेर १ बर्षको अवधिमा ४१ जनाको ज्यान गएको छ। ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८०/०८१ को १ बर्षमा नियम बिपरित चलेका झण्डै १७ हजार सवारी साधन लाई कारवाहीको दायरामा ल्याएर डेढ करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ।

अघिल्लो आर्थीक बर्षको तुलनामा जिल्लामा सवारी दुर्घटना संगै मृत्यु हुनेको सङ्ख्या कमी आएको ट्राफिक प्रहरीले जनाएको छ। गत साउन देखि यही बैशाख १० गतेसम्म नियम बिपरित चलेका १६ हजार ९९१ सवारी साधन लाई गरिएको कार्वाही बाट कुल १ करोड ५६ लाख,६३ हजार रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्।

सोही अवधिमा जिल्लाको बिभिन्न स्थानमा भएको ४९६ सवारी दुर्घटनामा परेर महिला, पुरुष, बालबालिका गरी ४१ जनाको मृत्यु हुनुका साथै ७८५ जना घाईते भएको इन्स्पेक्टर आचार्यले जानकारी दिएका छन।

अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटना र मृतकको संख्यामा समेत कमी आएको छ।

अघिल्लो आर्थिक वर्षमा रौतहटमा १ बर्षको अवधीमा भएको ६४५ सवारी दुर्घटनामा परेर ५० जनाको ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरी द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित समय : ०९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु