global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनी प्रदेशमा सरकार विस्तार,आजै शपथग्रहण

लुम्बिनी प्रदेशमा सरकार विस्तार,आजै शपथग्रहण

लुम्बिनी प्रदेशमा सरकार विस्तार,आजै शपथग्रहण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक÷एक गरी छ जना विनाविभागीयमन्त्री नियुक्त गरेका हुन ।

एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र दिनेश पन्थी रहनुभएको छ भने नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत विनाविभागीय मन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री महराले यसअघि नियुक्त भएका तीन जना विनाविभागीय मन्त्रीहरु चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्रायल र भण्डारीलालअहिरलाई कृषि तथा भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

आज विस्तार गरिएको मन्त्रिमण्डलसँगै लुम्बिनी प्रदेश सरकार १० सदस्यीय पुगेको छ । आज नियुक्त भएका विनाविभागीय मन्त्रीहरुको शपथग्रहण आजै गराउने तयारी भएको छ ।

 

प्रकाशित समय : १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु