काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्रीसहित शीर्ष नेतालाई निर्माण व्यवसायीको ज्ञापनपत्र

3.97K
shares

निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या छिटो समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख दलका शीर्ष नेता र सम्बन्धित मन्त्रीलाई निर्माण व्यवसायीले ध्यानाकर्षण गराएका छन् ।

व्यवसायीले प्रधानमन्त्री दाहालका साथै नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई अलगअलग रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा  आफूहरु र सरकारसँग भएका ठेक्का पक्षपातपूर्णरुपमा तोडिएको र काम गरेको रकम भुक्तानी नदिइएको गुनासो गरिएको छ । नेपाल निर्माण उद्योग परिषद्का अध्यक्ष खोपनिधि लोहनी, लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घका अध्यक्ष हुमनाथ कोइराला, नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनका महासचिव मङ्गलबहादुर शाही र नेपाल निर्माण व्यवसायी सङ्गठनका अध्यक्ष यक्षध्वज कार्कीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सरकारले जीर्ण अवस्थामा रहेको निर्माण क्षेत्र, यसमा संलग्न व्यवसायी, त्यहाँ कार्यरत मजदुर, तिनका परिवार र बैंकिङ क्षेत्रको सङ्कटलाई समाधान गर्न सार्वजनिक खरिद नियमावलीमा संशोधन गर्न पनि आग्रह गरिएको छ ।

अध्यक्ष लोहनीले आफूहरुका मागप्रति सत्ता गठबन्धनका नेताहरु सकारात्मक रहेको प्रतिक्रिया दिए । प्रतिनिधिमण्डलमा सहभागी व्यवसायी मदन अधिकारीका अनुसार सरकारले काम सम्पन्न भइसकेको करिब रु एक खर्ब व्यवसायीलाई भुक्तानी गर्न बाँकी रहेको छ ।