काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भारतबाट बिजुली ल्याउने सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण

3.08K
shares

भारतबाट नेपालमा बिजुली आयात गर्ने सम्झौता नवीकरण भएको छ। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले तीन महिनाका लागि मात्रै सम्झौता नवीकरण भएको बताए।

सम्झौता नवीकरण भएको मितिले असार दोस्रो सातासम्म नेपालले भारतबाट बिजुली आयात गर्न सक्छ। एक वर्षका लागि सम्झौता हुनुपर्नेमा यो पटक तीन महिनाका लागि मात्रै भएको हो।

भारतले किन तीन महिनाका लागि मात्रै सम्झौता गरेको हो भन्ने विषयमा प्राधिकरणले कारण खुलाएको छैन।

ुजे हुन्छ राम्रैका लागि हुन्छ। तीन महिनाका लागि सम्झौता नवीकरण हुनु पनि राम्रो विषय हो। तीन महिनापछि नेपालको उत्पादन बढ्न सक्छ। त्यहाँबाट ल्याउनु पर्ने बिजुलीको परिमाण कम हुन सक्छ,ु प्रवक्ता घोषले सेतोपाटीसँग भने।

यसअघि भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण नहुँदा नेपालले फेरि लोडसेडिङको जोखिम खेप्नुपर्ने हो कि भन्ने प्रश्न उठिरहेको थियो।

नेपालले भारतको डे अहेड बजारबाट बिजुली खरिद गर्दै आएको छ। यो बजारबाट बिजुली खरिदका लागि नेपालले २०७८ वैसाखमा अनुमति पाएको थियो।

पाँच वर्षका लागि भएको उक्त अनुमति हरेक वर्ष नवीकरण हुँदै आएको थियो।