काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गृहमन्त्री लामिछानेले प्रहरीलाई भने–अपराध गर्नेलाई कारबाही गर्न कसैको आदेश कुर्नुपर्दैन

4.28K
shares

गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम गर्ने जो कोहिलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै लामिछानेले कानुनी राज्य भनेको के हो भनेर देखाइदिन पनि प्रहरीलाई आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘देशभरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरु लाई मेरो अपिल : देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाकधम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल…’