global ime bank Long Banner Ad

गृहपृष्ठ टुरिजम हिरो अवार्डस् २०२४ आयोजना हुने

टुरिजम हिरो अवार्डस् २०२४ आयोजना हुने

टुरिजम हिरो अवार्डस् २०२४ आयोजना हुने

नेपालको पर्यटन प्रबर्धनमा योगदान पुर्‍याउने ब्यक्ति तथा संस्थाहरू मध्येबाट नेपालमै पहिलो पटक विभिन्न ३१ विधामा टुरिजम हिरो अवार्डस् प्रदान गरिने भएको छ ।

नेपालको पर्यटन क्षेत्रका विविध आयामहरूमा आफूलाई सहभागी गराई पर्यटन प्रबर्धनमा योगदान पुर्‍याउँदै आएको ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले नेपालमै पहिलो पटक टुरिजम हिरो अवार्डस् २०२४ आयोजना गर्न लागेको हो । आगामी मार्च १९ मा काठमाडौँमा आयोजना हुने एक भब्य समारोहमा यस अवार्डस् विजेताहरुलाई अवार्ड ट्रफी हस्तान्तरण गरिनेछ ।

होटल तर्फका १४ तथा पर्यटनका अन्य १७ विधा गरि कुल ३१ विधामा पाँचसय भन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको यो टुरिजम हिरो अवार्डको नोमिनेस आजैबाट खुल्ला गरिएको छ । टुरिजम हिरो अवार्डस् २०२४ को आधिकारिक वेभसाइट टुरिजम हिरो डट ओआरजीमा गएर जोकोहीले आँफैँले आफ्नो लागि वा अरूको लागि समेत विस्तृत विवरण भरी नोमिनेसन फाइल गर्न सक्नेछन् ।

यसरी प्राप्त नोमिनेसनहरु मध्येबाट पूर्ण र आधिकारिक विवरणहरू भरिएका नोमिनेसनहरुलाई सर्टलिस्ट गरि भोटिङका लागि योग्य बनाईनेछन् । भोटिङका लागि आवश्यक लिङ्क नोमिनेसन भर्ने अधिकारीक ब्यक्ति तथा सर्वसाधारणलाई उपलब्ध गराई बढी भन्दा बढी भोटिङ्का लागि आह्वान गरिनेछ ।

प्राप्त पब्लिक भोटलाई आधार मान्दै हाम्रा सम्मानित जुरिहरूको अन्तिम निर्णयका आधारमा आगामी मार्च १९ गते विजेता घोषणा गरि टुरिजम हिरो अवार्ड ट्रफि समेत हस्तान्तरण गरिनेछ । यो सम्पूर्ण प्रकृया वेभमा आधारित र निःशुल्क हुनेछ ।

यस अवार्डको आयोजकका तर्फबाट बोल्दै कार्यक्रम संयोजक प्रमिलाले भनिन्, “अवार्डमा सहभागिहरू कसैबाट पनि नोमिनेसन फि वा कुनै किसिमको शुल्क लिईनेछैन ।” यस अवार्डको भोटिङ्लाई पारदर्शी राख्न तथ्याङ्क पब्लिक डोमेनमा उपलब्ध गराईनेछ भने विवाद रहित अवार्डको परिकल्पना गरिएको उनले आयोजित कार्यक्रममा बताईन् ।

प्रकाशित समय : १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु