global ime bank Long Banner Ad

गृहपृष्ठ सामाजिक सुरक्षा कोषमा १० लाख ५३ हजार आवद्ध

सामाजिक सुरक्षा कोषमा १० लाख ५३ हजार आवद्ध

सामाजिक सुरक्षा कोषमा १० लाख ५३ हजार आवद्ध

सामाजिक सुरक्षा कोषमा हालसम्म १० लाख ५३ हजार ५ सय ६४ जना योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको अर्धवार्षिकी प्रतिवेदनअनुसार गत पुषसम्ममा यो संख्यामा सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।

प्रतिवेदन अनुसार यसमध्ये औपचारिक क्षेत्रका ४ लाख ७२ हजार ४४५ जना, वैदेशिक रोजगारीमा जाने ५ लाख ८१ हजार ५ जना र अनौपचारिक र स्वरोजगार क्षेत्रका ११४ जना योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका हुन् ।

आगामी दिनमा कोषको दायरालाई थप फराकिलो र प्रभावकारी बनाउन लागिएको मन्त्री महतले बताएका छन् । उनका अनुसार सामाजिक सुरक्षा कोषमा ५ लाख औपचारिक क्षेत्रका श्रमिक आवद्ध गर्ने वार्षिक लक्ष्य तोकिएकोमा ४ लाख ७२ हजार ४५५ जनालाई आवद्ध गरिएको छ ।

उक्त कोषमा वैदेशिक रोजगारमा रहेका ४ लाख ९७ हजार जनालाई आवद्ध गर्ने वार्षिक लक्ष्य भएकोमा ५ लाख ८१ हजार श्रमिकलाई आवद्ध गरिएको छ ।

प्रतिवेदन अनुसार पछिल्लो समयमा अनिवार्य रुपमा कार्यान्वयनमा ल्याइएकोे सरकारी तथा निजी प्रतिष्ठानको श्रम अडिट अन्तर्गत समीक्षा अवधीमा १ हजार ६ सय ८१ प्रतिष्ठानको श्रम अडिट प्रतिवेदन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्राप्त गरेको छ । श्रम अडिट प्रतिष्ठान संख्या वार्षिक लक्ष्य ५ हजार सरकारले तोकेको छ ।

यसमध्ये १ हजार ५ सय ५७ वटा प्रतिष्ठानको कानूनसम्बन्धी पालनाको बिषयमा नियमन भएको मन्त्रालयले जनाएको छ । आन्तरिक रुपमा रोजगारीको अवसर सिर्जना गर्न निजी क्षेत्रसँग सहकार्य गरी राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालनमा ल्याउनुका साथै उत्पादनसँग प्रत्यक्ष रुपमा जोडिने गरी रोजगार, उद्यमशीलता र श्रम बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्न सरकारी तालिम प्रदायक संस्थाहरुलाई एकीकरण गरी राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

श्रम र श्रमिकको कदर हुने गरी न्यूनतम पारिश्रमिक निर्धारण गरी कार्यान्वनमा ल्याइएको भन्दै प्रतिवेदनले पछिल्लो ६ महिनाको अवधीमा वैदेशिक रोजगार ठगिका उजुरीको मेलमिलाप तथा सिफारिश गर्ने सम्बन्धी कार्यविधि २०८० सहित नौंवटा गठन आदेश, मापदण्ड, कार्यविधि ल्याउनुका साथै संशोधन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु