गृहपृष्ठ कुशल ६२ रनमा आउट, नेपालले गुमायो चार विकेट
कुशल ६२ रनमा आउट, नेपालले गुमायो चार विकेट
क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालका ओपनर कुशल भुर्तेल ६२ रनमा आउट भएका छन् । यो सँगै नेपालले दुवै ओपनरसहित चार विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि अर्धशतक प्रहार गरेका कुशल भुर्तेल ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै आउट भए । भीम सार्की १७ रनमा आउट भए ।
यसअघि नेपालका आसिफ शेख ८ रनमै आउट हुँदा कप्तान रोहितकुमार पौडेलले पनि ८ रन बनाए । अहिले भीम सार्की र कुशल मल्लले ब्याटिङ गरिरहेका छन् । नेपालले २३ ओभरमा ४ विकेट गुमाएर १११ रन बनाएको छ ।
प्रकाशित समय : ११:२८ बजे



















