काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रिय सरोकार तथा सुशासन समितिको बैठक बस्दै

5K
shares

संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ । आज राष्ट्रिय सरोकार तथा समन्वय समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक सिंहदरबारमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा तहगत अन्तरसम्बन्ध र समन्वय विषयका प्रादेशिक अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा अनुगमन मूल्यांकन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने जनाइएको छ ।