global ime bank Long Banner Ad

गृहपृष्ठ नेको इन्स्योरेन्सको साधारणसभा आज, के के छन् प्रस्ताव ?

नेको इन्स्योरेन्सको साधारणसभा आज, के के छन् प्रस्ताव ?

नेको इन्स्योरेन्सको साधारणसभा आज, के के छन् प्रस्ताव ?

नेको इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा आज बस्दै छ। नेको इन्स्योरेन्सले लगानीकर्तालाई गत आर्थिकको नाफाबाट लाभांश भने वितरण नगर्ने जनाएको छ। सभा, लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, पुस २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन्। माघ १ गते माघे संक्रान्तिको दिन सरकारले सार्वजनिक बिदा दिएको थियो। तसर्थ यसदिन सेयर कारोबार भएको थिएन।

सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल हुनेछ र साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा छ। सभाले संस्थापक समूहबाट १ जना महिलासहित २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालक निर्वाचन गर्नेछ।

प्रकाशित समय : ०९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु