दाङमा झुण्डिएको अवस्थामा युवा-युवती मृत फेला
वि.सं.२०८० माघ ३ बुधवार १८:४५
shares

दाङको तुलसीपुरमा युवा–युवती मृत अवस्थामा फेला परेका छन् ।
तुल्सीपुर उपमहानगरपालिका-१३ स्थित सानो बखरिया जंगलमा उनीहरू एउटै डोरीबाट झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूको पहिचान खुलिनसकेको प्रहरीले बताएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























