global ime bank Long Banner Ad

गृहपृष्ठ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन् ।

उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस०, टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेको छ ।

स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको सेयर खरिद बिक्रीसहित इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुलीलगायत मुद्दामा प्राधिकरण नेतृत्वले सही रुपमा काम गर्न नसकेको भन्दै आलोचना भइरहँदा खनालले राजीनामा बुझाएका हुन् ।

खनाल ९ साउन २०७६मा प्राधिकरणको अध्यक्ष भएका थिए । आगामी साउनसम्म कार्यकाल रहे पनि खनालले विभिन्न प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा समेत तानिएपछि राजीनामा दिएका हुन् ।

प्रकाशित समय : १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु