काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

7.79K
shares

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्ने भएको छ । आज अर्थात मंगलबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ३५ अर्ब तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

१४ दिनका लागि बैंकिङ प्रणालीबाट उक्त तरलचा खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

अधिक तरलता भएपछि पछिल्लो समय राष्ट्र बैंकले लगातार रुपमा बैंकिङ प्रणालीबाट तरलता खिचिरहेको छ ।

राष्ट्र बैंकको २२ फागुनसम्मको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा १ खर्ब ९ अर्ब अधिक तरलता छ । जसमध्ये ७५ अर्ब ७० करोड निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले खिचेको छ ।

चालु आर्थिक वर्ष लागेपछि बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप साढे ३ खर्ब भन्दा माथिले वृद्धि हुँदा कर्जा लगानी करिब पौने २ अर्बले बढेको राष्ट्र बैंकले जनाएको छ ।