गृहपृष्ठ ईपीएस कोरिया शाखाको निर्देशकमा कँडेल नियुक्त
ईपीएस कोरिया शाखाको निर्देशकमा कँडेल नियुक्त
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाको कार्यकारी निर्देशकमा मैया कँडेललाई नियुक्त गरेको छ।
वैदेशिक रोजगार विभागका महानिर्देशन डण्डुराज घिमिरेले मन्त्रालयले कँडेललाई निर्देशकमा नियुक्त गरेसँगै कार्यालयमा हाजिर भइसकेको बताए ।
यसअघि ईपीएस कोरिया शाखाको निर्देशकमा रहेका गुरुदत्त सुवेदीलाई पुस १३ गते निलम्बन गरेको थियो । ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय क्षेत्रमा प्रहरीसँग भएको झडपका क्रममा दुई युवकको ज्यान गएपछि सुवेदीलाई निलम्बन गरेको हो ।
प्रकाशित समय : १९:१४ बजे



















