काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फूडमाण्डूले ल्यायो नयाँ वर्ष अफर, ४० बढी रेष्टुरेन्टको मेनुमा ३० % सम्म छुट

6.17K
shares

फूड डेलिभरी कम्पनी फूडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै ‘न्यु इयर फिस्ट अफर’ सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत काठमाडौंका ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पुरै मेनुमा ३० प्रतिशतसम्म आकर्षक डिस्काउन्ट प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै ग्राहकहरूले हरेक दिन फरक-फरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सक्नेछन् ।

उक्त भौचर कोड फूडमान्डुको एप र फूडमान्डुको फेसबुक पेज मार्फत प्राप्त गर्न सकिनेछ ।​उक्त अफर आगामी माघ १७ गतेसम्म लागू हुने छ । उक्त अफरबाट लाभ लिनको लागि फूडमान्डुको वेबसाइट वा फूडमान्डुको एप मार्फत फूड अर्डर गर्नु पर्नेछ ।