काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

5.99K
shares

पोखरामा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ पर्स्याङस्थित सिद्धार्थ बैंक अगाडि गएराति बा१३च ३७२१ नम्बरको कारले ठक्कर दिँदा दुईजना पैदलयात्रीको मृत्यु भएको हो ,

मृत्यु हुनेमा बागलुङको ढोरपाटन नगरपालिका–६ घर भइ हाल पोखरा–३ नदीपुर बस्दै आएका २० वर्षीय ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको मृत्यु भएको कास्कीका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए ।

दुर्घटनाको जानकारी पाए लगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीले घाइते दुवैलाई उपचारका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारको क्रममा राति नै मृत्यु भएको हो । मृतकको शव अस्पतालमै रहेको छ ।

यात्रुलाई ठक्कर दिएपछि कार चालक कार छोडेर फरार रहेका छन् । कार भने प्रहरीले नियन्त्रणमा लिएको छ । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।