गृहपृष्ठ बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?
बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?
आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ। हिजो बिहिबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाले बढेको हो।
आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : १२:२७ बजे

















