global ime bank Long Banner Ad

गृहपृष्ठ चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई महानगरले कारबाही गर्ने

चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई महानगरले कारबाही गर्ने

चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई महानगरले कारबाही गर्ने

काठमाडौं महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गरिने बताएको छ।

विद्यालयले फरक-फरक पोसाक किन्न लगाएको पाइएमा कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ।

शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई गरेको परिपत्रमा नियमित विद्यालय पोसाकभन्दा फरक-फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी दिएका छन्।

परिपत्रविपरीत कार्य गरे विद्यालयलाई कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ।

 

प्रकाशित समय : ११:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु