global ime bank Long Banner Ad

गृहपृष्ठ एनआईसी एसिया बैंकको ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

एनआईसी एसिया बैंकको ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

एनआईसी एसिया बैंकको ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

एनआईसी एसिया बैंकको ७ लाख कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा राखिएको छ । लगानीका लागि इच्छुक व्यक्ति तथा संघसंस्थाले शुक्रबारदेखि संस्थापक शेयरमा आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार पुस १९ गतेसम्म कम्पनीको शेयरमा गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिनेछ । आवेदन दिँदा प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको हुनुपर्नेछ ।

न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । बढी मूल्य कबोल गरेका आधारमा संस्थापक शेयर बिक्री हुनेछ । ५ लाख रुपैयाँभन्दा बढीको आवेदन दिएकाले प्यान नम्बर खुलाउनुपर्नेछ ।

प्रकाशित समय : ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु