global ime bank Long Banner Ad

गृहपृष्ठ दोहोरो अंकले घट्यो शेयर बजार, ६ अर्ब २७ करोडको कारोबार

दोहोरो अंकले घट्यो शेयर बजार, ६ अर्ब २७ करोडको कारोबार

दोहोरो अंकले घट्यो शेयर बजार, ६ अर्ब २७ करोडको कारोबार

यस साता लगातार उकालो लागेको शेयर बजार साताको अन्तिम दिन भने ओरालो लागेको छ । । आज शेयर बजार नेप्से परिसूचक ३२ दशमलव ७७ अंकले घटेर २,१०९ को विन्दुमा कायम भएको छ । आज ५० कम्पनीको शेयर मुल्य बढेको छ भने १९१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २०४ कम्पनीको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ३० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २० करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पाँच कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, पाँच कम्पनीका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ४४ प्रतिशतका दरले गुमाएका हुन्

प्रकाशित समय : १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु