global ime bank Long Banner Ad

गृहपृष्ठ बैंक तथा वित्तिय संस्थाले गरे ५० खर्ब बढी कर्जा प्रवाह

बैंक तथा वित्तिय संस्थाले गरे ५० खर्ब बढी कर्जा प्रवाह

बैंक तथा वित्तिय संस्थाले गरे ५० खर्ब बढी कर्जा प्रवाह

हालसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा ५० खर्ब पुगेको छ। २०८० पुसको पहिलो हप्तासम्ममा बैंक तथा वित्तीय संस्थाले ५० खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन्।

नेपाल राष्ट्र बैंकले आन्तरिक कर्जा प्रवाह बढाउने गरी लचिलो नीति लिँदा विस्तारै कर्जा प्रवाह बढ्न थालेको हो। मौद्रिक नीतिको तीन महिने समीक्षामार्फत केन्द्रीय बैंकले रियल स्टेट कर्जा र सेयर धितो कर्जाको जोखिम भार घटाएको छ। जसले गर्दा अहिले केही मात्रामा कर्जा प्रवाह बढ्न थालेको हो ।

ब्यावसायमा केही सन्तुलन गर्नलाई पनि कर्जा प्रवाह बढ्दो रुपमा रहेको छ । बैंक तथा वित्तिय सैस्थाले पनि अटो लोनका लागि विभिन्न स्किमहहरु ल्याए साथै घरजग्गा कारोबार पनि केही सक्रिय रहेको देखिन्छ ।

यसले यी क्षेत्रमा जाने कर्जा बढ्दै जाने देखिएको छ। साथै, २५ लाखसम्मको आवासीय कर्जाको प्रिमियम २ प्रतिशत बढी लिन नपाउने व्यवस्था छ। यसले आवासीय कर्जाको माग बढ्ने देखिएको छ। नीतिगत दर घटाउँदा बैंकलाई ब्याजदर घटाउन दवाब परेको छ। जसकारण पछिल्लो समय कर्जा प्रवाह विस्तारै बढ्न थालेको हो।

प्रकाशित समय : १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु