global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौँकाे तापक्रम ४.८ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौँकाे तापक्रम ४.८ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौँकाे तापक्रम ४.८ डिग्री सेल्सियसमा झर्‍यो

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज काठमाडौँ उपत्यकामा यो वर्षअन्तर्गत अहिलेसम्मकै चिसो भएको छ। आज उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झरेको ।

तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। राति पनि यो क्रमले निरन्तरता पाउनेछ।

देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

 

प्रकाशित समय : ०८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु