global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि

कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि

कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि

नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन आजदेखि सुरु हुँदैछ । पार्टी सभापति शेरबहादुर देउवाले ऐतिहासिक तिरुहुतिया गाछीमा सम्मेलनको उद्घाटन गर्ने छन् ।

धनुषाधाममा आयोजना हुने सम्मेलन आज र भोलि दुई दिन चल्ने छ ।

ऐतिहासिक तिरुहुतिया गाछीमा आयोजना हुने उद्घाटन सत्रमा ५० हजारभन्दा बढी नेता, कार्यकर्ता र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुने बन्द सत्रमा ८ सयभन्दा बढी प्रदेश प्रतिनिधि, प्रदेश समितिका पदाधिकारी र केन्द्रीय समितिका पदाधिकारीको उपस्थिति रहने कांग्रेसले जनाएको छ ।

प्रदेश सम्मेलन अगावै कांग्रेसले बाँकी रहेका वडादेखि जिल्ला तहसम्मको सम्मेलन गरी प्रदेश प्रतिनिधि छनोट गरिसकेको छ ।

 

 

प्रकाशित समय : ०८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु