global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय वाणिज्य बैंकले ल्यायो सुरक्षित ई–कमर्स कारोबार सेवा

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो सुरक्षित ई–कमर्स कारोबार सेवा

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो सुरक्षित ई–कमर्स कारोबार सेवा

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय व्यापार ई–कमर्स कारोबारका लागि थ्रीडी सुरक्षित प्रमाणीकरण थ्रीडी सेक्योर एसीएस सेवा सञ्चालनमा ल्याएको छ। यस सेवाको सुरुवातसँगै बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले अनलाइन भुक्तानी गर्दा थप सुरक्षित रूपमा कारोबार गर्न सक्ने भएका छन्।

यो सेवा अनलाइन कारोबारका क्रममा ग्राहकको पहिचान र एकपटक प्रयोग हुने गोप्य सङ्केत ओटीपी मार्फत प्रमाणीकरण गर्ने सुरक्षा प्रणाली हो। यसले अनधिकृत कारोबारको जोखिम घटाउँदै विद्युतीय भुक्तानीलाई थप सुरक्षित बनाउने विश्वास गरिएको छ।

बैंकका अनुसार सेवा प्रयोग गर्न कार्डधारकले आफ्नो कार्डमा एकपटक थ्रीडी सुरक्षित सुविधा सक्रिय गर्नुपर्नेछ। यस कदमले बढ्दो विद्युतीय व्यापारलाई सुरक्षित बनाउनुका साथै ग्राहकलाई अनलाइन कारोबारतर्फ थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

एनसीएचएलले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थालाई कार्ड जारी गर्ने, कार्ड कारोबार व्यवस्थापन गर्ने, कारोबार प्रशोधन तथा फर्छ्योट गर्ने, विद्युतीय व्यापार भुक्तानी द्वार (पेमेन्ट गेटवे) उपलब्ध गराउने तथा कार्ड वैयक्तिकीकरणलगायत विभिन्न कार्डसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ।

हाल राष्ट्रिय वाणिज्य बैंकका साथै एभरेष्ट बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंक लगायतका बैंक तथा वित्तीय संस्थाका कार्डहरू एनसीएचएलको थ्रीडी सुरक्षित प्रमाणीकरण प्रणालीमार्फत विद्युतीय व्यापार कारोबारका लागि प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।

प्रकाशित समय : १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु