global ime bank Long Banner Ad

गृहपृष्ठ एभरेष्ट बैंकद्वारा नेपाल–भारत रियल–टाइम सीमा-पार रेमिट्यान्स सेवा सुरु

एभरेष्ट बैंकद्वारा नेपाल–भारत रियल–टाइम सीमा-पार रेमिट्यान्स सेवा सुरु

एभरेष्ट बैंकद्वारा नेपाल–भारत रियल–टाइम सीमा-पार रेमिट्यान्स सेवा सुरु

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नेपाल–भारतबीच रियल–टाइम सीमा-पार व्यक्ति–व्यक्ति (पीटूपी) रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ। हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय रकम स्थानान्तरणसम्बन्धी सम्झौतापछि बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ईबीएल टच २४’ मार्फत उक्त सेवा औपचारिक रूपमा सुरु गरेको जनाएको छ।

बैंकका अनुसार नयाँ सेवासँगै नेपाल र भारतका नागरिकले छिटो, सहज र सुरक्षित रूपमा तत्काल रकम आदानप्रदान गर्न सक्नेछन्। यस सेवाले दुवै देशबीचको डिजिटल भुक्तानी तथा रेमिट्यान्स कारोबारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सेवाअन्तर्गत नेपालमा कार्यरत भारतीय नागरिकले दैनिक अधिकतम भारतीय रुपैयाँ १५ हजार र मासिक अधिकतम एक लाख रुपैयाँसम्म भारतमा रकम पठाउन सक्ने व्यवस्था गरिएको छ। त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकले दैनिक अधिकतम दुई लाख भारतीय रुपैयाँसम्म नेपालमा रकम पठाउन सक्नेछन्।

नयाँ प्रणालीमार्फत ग्राहकले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल भुक्तानी ठेगाना (भीपीए) प्रयोग गरी सहज रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन्। साथै, भारतका प्रयोगकर्ताले आफ्नो एकीकृत भुक्तानी इन्टरफेस (यूपीआई) परिचयमार्फत सिधै रकम प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यो सेवाले नेपाल–भारतबीच हुने साना तथा व्यक्तिगत रकम स्थानान्तरणलाई अझ सरल, सुरक्षित र पारदर्शी बनाउनेछ।

सेवासम्बन्धी थप जानकारीका लागि ग्राहकले एभरेष्ट बैंकको आधिकारिक वेबसाइट वा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

प्रकाशित समय : १५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु