गृहपृष्ठ नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा रामु पौडेल चयन
नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा रामु पौडेल चयन
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो २३० औं संञ्चालक समितिको बैठकबाट रामु पौडेललाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । आजको औपचारिक कार्यक्रममा उनले डेपुटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पदको सपथ ग्रहण गरेका छन् ।
नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो ।
रामु पौडेलको केन्द्रीय बैंकको विभिन्न विभागमा २२ वर्ष भन्दा बढी काम गरेको अनुभव रहेको छ ।
नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो ।
प्रकाशित समय : १६:३० बजे



















