global ime bank Long Banner Ad

गृहपृष्ठ दक्षिण एसियाली स्केटबोर्ड भोलिदेखि

दक्षिण एसियाली स्केटबोर्ड भोलिदेखि

दक्षिण एसियाली स्केटबोर्ड भोलिदेखि

नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ तथा स्केट एड नेपालको संयुक्त आयोजना पाँचौं दक्षिण एसियाली स्केटबोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि बुटवलमा हुने भएको छ । प्रतियोगिताको यो दोश्रो संस्करण हो भने स्केट जात्राको पाँचौं संस्करण हो ।

प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्स तथा आमन्त्रित राष्ट्रमा म्यान्मार र थाइल्यान्ड गरी ९ राष्ट्रको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्युत खनालले जनाएका छन् । नेपालबाट १ सय खेलाडीको सहभागिता रहने बताइएको छ । बाँकी प्रत्येक राष्ट्रबाट ४० खेलाडीलाई आमन्त्रण गरिएको संघले जनाएको छ ।

पहिलो दिन छनोट चरणका खेलहरु हुने छन् । छनोट चरणबाट प्रत्येक राष्ट्रबाट १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्ने छन् । सेमिफाइनलबाट प्रत्येक राष्ट्रबाट ८ खेलाडी उपाधि होडमा प्रवेश गर्ने छन् ।

पुरुष÷महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुंगो लगाइने छ । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार अमेरिकी डलर, ५ सय अमेरिकी डलर र २ सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्ने छन् । तीनदिने प्रतियोगिताका खेलहरुले बुटवलको तिलोत्तमास्थित डुंगा स्केट पार्कमा खेलाइने आयोजक संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक जाग्रित पहाडीले जनाएका छन् ।

प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने पुरुष÷महिला खेलाडीलाई जर्मनीको स्केट एड इन्टरनेसनलमा तालिमको अवसर पनि प्रदान गर्ने अध्यक्ष खनालले जनाएका छन् ।

प्रकाशित समय : १६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु