global ime bank Long Banner Ad

गृहपृष्ठ आईपीएल अक्सन : २००८ देखि २०२३ सम्म महँगो मूल्यमा बिक्रि भएका खेलाडी

आईपीएल अक्सन : २००८ देखि २०२३ सम्म महँगो मूल्यमा बिक्रि भएका खेलाडी

आईपीएल अक्सन : २००८ देखि २०२३ सम्म महँगो मूल्यमा बिक्रि भएका खेलाडी

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को अक्सन मंगलबार युएईमा हुँदैछ । नयाँ सिजनका लागि फ्रेन्चाइज टोलीहरुले आफ्नो टोलीका लागि आवश्यक पर्ने खेलाडीका लागि डिसेम्बर १९ अर्थात भोली बोलकबोल गर्नेछन् । अहिले आईपीएकाले अक्सनका लागि सट लिस्ट समेत सार्वजनिक गरिएको छ ।

यो पटकको अक्सनबाट कुन खेलाडीलाई कुन टोलीले पैसाको बर्षा गर्छ त्यो भने भोली मात्रै थाहा हुनेछ । फ्रन्चाइज टोलीले निकै मोटो रकम खेलाडीमा खर्च गर्ने गरेका छन् । यो पटक को खेलाडी सबैभन्दा बढी मूल्यमा बिक्री होला भन्ने कौतुहलता आम खेलप्रेमिहरुमा रहेको छ । यसैबीच अक्सनको पूर्व सन्धयामा हामीले सन् २००८ देखि २०२३ सम्म सबैभन्दा महँगोमा बिक्री भएका खेलाडीको बारेमा चर्चा गर्दैछौँ ।

अहिलेसम्म आईपीएलको १६ औँ संस्करण सम्पन्न भएको छ । यी संकरणमा नाम चलेका खेलाडीहरुलाई क्लबहरुले ठूलो धनराशी खर्च गरेका छन् ।

१. महेन्द्र सिंह धोनी (चेन्नई सुपर किंग्स, २००८)

सबैभन्दा महंगोमा बिक्री हुनेको सूचीमा भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनी रहेका छन् । उनी आईपीएलको पहिलो संसरणमा सबैभन्दा महंगो मूल्यमा बिक्री भएका थिए । उनलाई पहिलो सिजन चेन्नई सुपर किंग्सले ९.५ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो । धोनी चेन्नईका कप्तान हुन । त्यसैल पहिलो सिजनको आईपीएल लिलामीमा धोनी सबैभन्दा महँगा खेलाडी बनेका थिए ।

२. केभिन पिटरसन (रोयल च्यालेन्जर्स बैंगलोर, २००९)

आईपीएलको दोस्रो सिजनमा सबै भन्दा महंगो खेलाडीका रुपमा केभिन पिटरसन बिक्री भए । इंग्लयाण्डका विष्पोटक ब्याट्सम्यानलाई सन् २००९ को दोस्रो रिजनमा रोयल च्यालेन्जर्स बैंगलोरले ९.८ करोड भारुमा खरिद गरेको थियो । त्यो समयमा यो मूल्य सबैभन्दा धेरै थियो । उनले अहिले क्रिकेटबाट सन्यास लिइसकेका छन् ।

३. काइरोन पोलार्ड (मुम्बई इन्डियन्स, २०१० )

सबैभन्दा महंगोमा बिक्री हुने खेलाडीको सूचीको तेस्रो नम्बारमा काइरोन पोलार्ड छन् । उनी आईपीएलको तेस्रो सिजनका सबैभन्दा महंगा खेलाडी हुन् । उनलाई मुम्बई इन्डियन्सले सन् २०१० मा ४.८ करोड भारुमा खरिद गरेको थियो । त्यो सिजनको लिलामीमा उनी सबैभन्दा महंगा खेलाडी बनेका थिए ।

४. गौतम गंभीर (कोलकाता नाइट राइडर्स, २०११)

आईपीएलको चौथो संस्करमा आइपुग्दा भारतीय पूर्व ओपनर गौतम गम्भीर सबैभन्दा महंगो खेलाडीमा बिक्री भए । उनका नाममा कोलकता नाइट राइडर्सले पैसाको खोलो नै बगायो । उनलाई कोलकाता नाइट राइडर्सले २०११ मा १४.९ करोड भारुमा किनेको थियो । अहिले उनी सक्रिय खेल जिबनबाट बिदा भइसकेका छन् ।

उनी भारतलाई सन् २०११ को विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिकटा खेलेका थिए । फाइनमा श्रीलंकालाई पाराजित गर्दा उनले ९७ रनको पारी खेलेका थिए ।

५. रविन्द्र जडेजा (चेन्नई सुपर किंग्स, २०१२)

भारतीय क्रिकेट टोलीका अलराउण्डर रविन्द्र जडेजा पनि आईपीएलमा महंगो खेलाडीको सूचीमा पर्छन । उनलाई चेन्नई सुपर किंग्सले सन् २०१२ मा महंगो मूल्यमा खरिद गरेको थियो ।

उनी त्यो समय १२.८ करोड भारतीय रुपैयाँमा बिक्री भएका थिए । बलिङ, ब्याटिङ र फिल्डीङ सबै क्षेत्रमा निकै उत्कृष्ट जडेजा अहिले पनि चेन्नई बाट नै आईपीएल खेल्छन् ।

६. ग्लेन म्याक्सवेल (मुम्बई इन्डियन्स, २०१३)

आईपीएलेको छैटौँ संसरणमा अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेल महंगोमा बिक्री हुने खेलाडी बने । उनलाई त्यो समय मुम्बई इन्डियन्सले ६.३ करोड भारुमा खरिद गरेको थियो । सन् २०१३ को आईपीएल लिलामीमा ग्लेन म्याक्सवेल सबैभन्दा महँगा खेलाडी बनेका थिए । उनी पनि बलिङ, ब्याटिङ र फिल्डीङ तीन क्षेत्रमा अब्बल खेलाडीमा पर्छन् ।

७. युवराज सिंह (रोयल च्यालेन्जर्स बैंगलोर, २०१४)

आईपीएलको ७ औँ संस्करणमा भने भारतीय स्टार अलराउण्डर युवाराज सिंह महंगो खेलाडी बने । उनलाई रोयल च्यालेन्जर्स बैंगलोरले पैसाको खोलो नै बगायो । भारतलाई सन् २००७ को २० ओभर तथा सन् २०११ को ५० ओभरको विश्वक दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

क्यान्सरबाट पीडित भएर पनि मैदामा डटेका उनले भारतलाई दुई विश्वकप जिताए । त्यसपछि आईपीएलमा पनि उनको माग निकै बढ्यो । २०१४ को सातौँ संस्करणको आईपीएल लिलामीमा उनी १४ करोड भारुमा बिक्री भए ।

८. युवराज सिंह (दिल्ली क्यापिटल्स, २०१५)

युवाराज सिंह लगातार दोस्रो सिजन सबैभन्दा महंगो खेलाडी बनेका थिए । उनी सन् २०१४ र २०१५ मा सबैभन्दा महंगो खेलाडीमा बिक्री भएका थिए । २०१४ मा १४ करोड भारुमा बिक्री भएका युवराज अर्को सिजन १६ करोडमा बिक्री भएका थिए ।

युवराज सिंहलाई तत्कालीन दिल्ली डेयर डेभिल्स हालको दिल्ली क्यापिटल्सले २०१५ आईपीएल लिलामीमा १६ करोड भारुमा बोली लगाएको थियो ।

९. शेन वाटसन (आरसीबी, २०१६)

अष्ट्रेलियाका शेन वाटसनको नाम सूचीमा नवौं नम्बरमा छ । जसलाई आरसीबीले ९.५ करोडमा किनेको थियो । शेन वाटसन आइपिएल २०१६ को लिलामीमा किनिएका सबैभन्दा महँगा खेलाडी थिए ।

१०. बेन स्टोक्स (राइजिङ पुणे जाइन्ट्स, २०१७)

बेन स्टोक्सलाई सन् २०१७ मा राइजिङ पुणे सुपर जाइन्ट्सले १४.५ करोडमा किनेको थियो । उनी यस वर्षका सबैभन्दा महँगा खेलाडी बनेका थिए ।

११. बेन स्टोक्स (राजस्थान रोयल्स, २०१८)

अघिल्लो सिजन महंगोमा पुनेमा अनुबन्धित बनेका बेन स्टोक्स लगतैको २०१८ को सिजनमा पनि महंगो खेलाडीका रुपमा बिक्री भए । उनलाई त्यो सिजन उनलाई राजस्थान रोयल्सले १२.५ करोडमा किनेको थियो ।

१२. वरुण चक्रवर्ती (पञ्जाव सुपर किंग्स, २०१९)

सन् २०१९ को आईपीएलमा वरुण चक्रवर्ती सबैभन्दा महंगो खेलाडी बनेका थिए । उनलाई आईपीएल लिलामीमा पञ्जाब किंग्सले ८.४ करोडमा किनेको थियो । उनी यस वर्षका सबैभन्दा महँगा खेलाडी बनेका थिए ।

 

१३.प्याट कमिन्स (कोलकाता नाइट राइडर्स, २०२० )

सन् २०२० को आईपीएलमा अष्ट्रेलियाका प्याट कमिन्स सबैभन्दा महंगो खेलाडीमा बिक्री भए । उनलाई केकेआरले निकै ठूलो रकम खर्च गरेर किनेको थियो । उनलाई केकेआरले १५.५ करोड भारुमा खरिद गरेको थियो ।

त्यो सिजन सबैभन्दा महंगो खेलाडीका रुपमा केकेआरले कमिन्सलाई आफ्नो क्याम्पमा सामेल गराएको थियो ।

१४. क्रिस मोरिश (राजस्थान रोयल्स, २०२१ )

१४ औँ संस्करणको आईपीएलमा सबैभन्दा महंगो खेलाडीका रुपमा क्रिस मोरिस बिक्री भए । उनलाई राजस्थान रोयल्सले सन् २०२१ को संस्करणका लागि १६.२५ करोड भारुमा खरिद गरेको थियो ।

१५. इशान किशन (मुम्बई इन्डियन्स, २०२२)

सन् २०२२ मा आईपीएलको १५ औं संस्करण सम्पन्न भयो । हरेक वर्षको जस्तै त्यो सिजनमा पनि क्लबहरुले खेलाडीमा निकै ठूलो पैसा खर्च गरे । त्यो सिजनमा सबैभन्दा महंगो मूल्यमा बिक्री हुने खेलाडी हुन् इशन किशन । उनलाई मुम्बई इन्डियन्सले १५.२५ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो ।

१६. साम करन (पञ्जाव किंग्स, २०२३)

सन् २०२३ मा सकिएको अघिल्लो संस्करणमा पनि धेरै टोलीले खेलाडीका लागि धेरै ठूलो रकम खर्च गरे । अघिल्लो सिजन इंग्लयाण्डका साम करन सबैभन्दा महंगो खेलाडी बने । उनलाई आईपीएल टोली पञ्जाब किंग्सले १८.५० करोडमा किनेको थियो । आईपीएलको अहिलेसम्मको इतिहासमा साम करण सबैभन्दा महंगो खेलाडीका रुपमा रहेका छन् । उनलाई पञ्जाबले तिरेको १८.५० करोड भारु अहिलेसम्म आईपीएलमा एकै खेलाडीका लागि तिरेको सबैभन्दा धेरै रकम हो ।

नयाँ सिजनका लागि भोली हुने लिलामीबाट को खेलाडी सबैभन्दा महंगोमा बिक्री होला भन्ने आम खेल प्रेमिले चासो दिइरहेका छन् ।

प्रकाशित समय : १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु