गृहपृष्ठ प्रभु क्यापिटलका ग्राहकलाई सिटी हस्पिटलमा विशेष छुट
प्रभु क्यापिटलका ग्राहकलाई सिटी हस्पिटलमा विशेष छुट
प्रभु क्यापिटल लिमिटेडले भैरहवा अवस्थित सिद्घार्थगर सिटी हस्पिटलसंग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छुट दिन व्यवसायिक सम्झौता गरेको छ ।
उक्त समझौता २ वर्षका लागि भएको हो । सम्झौतापत्रमा क्यापिटलको तर्फबाट संचालन प्रमुख बसन्ता उपाध्याय तथा सिद्घार्थगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार प्रभु क्यापिटलका डिम्याट ग्राहकले लुम्बिनी रोड भैरहवाको सिद्घार्थगर सिटी हस्पिटलबाट चिकित्सा सेवा लिदाँ हस्पिटलका विभिन्न सेवाहरुका १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
ग्राहकले आफ्नो डिम्याट कन्र्पmमेसन तथा परिचय पत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्ड मार्फत सो अफरको लाभ लिन सक्नेछन् । प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध छ ।
“बिरामीहरुको सुविधालाई ध्यानमा राखि स्वास्थ्य सेवाको पहुँच आम समुदायमा पु¥याउने उद्देश्यका साथै राम्रो उपचारका लागि आत्तिएर काठमाण्डौ, चितवन तथा छिमेकी मुलुक भारत जानुपर्ने वाध्यतालाई चिर्दै यस सिद्धार्थनगर सिटी हस्पिटलले सम्पुर्ण सेवाहरु प्रदान गरेको छ तसर्थ यो क्षेत्रमा भएका प्रभु क्यापिटलका सेवाग्राहीलाई समेत यो योजनाको लाभ लिन आब्हान गर्दछु” भनी यस अस्पतालका विजनेश म्यानेजर पंकज कुमार पाण्डेयले भने ।
लुम्बिनी रोड भैरहवा अवस्थित सिद्घार्थगर सिटी हस्पिटल आधुनिक प्रविधियुक्त एक उत्कृष्ट हस्पिटल हो, जसमा विशेषज्ञ डाक्टरहरूको टोलीले उत्कृष्ट स्वास्थ्य सेवाहरू प्रदान गर्दै आईरहेका छन् । १०० शैयाको यो हस्पिटलमा २४ सै घन्टा आपतकालीन सेवा, ओटी, ओपीडी, प्रयोगशाला, क्याथल्याब, सीटी–स्क्यान, डिजिटल एक्स–रे, फिजियोथेरापी, डायलासिस लगायत विभिन्न सेवाहरूका साथै जनरल आईसीयू, सीसीयू, न्यूरो सर्जरी आईसीयू र क्याविन सुविधाहरू छन् ।
प्रकाशित समय : १४:४७ बजे


















