गृहपृष्ठ नेपाल ल्युब आयलले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?
नेपाल ल्युब आयलले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?
नेपाल ल्युब आयल कम्पनीले सेयरधनीलाई कुल ३० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश र २५ प्रतिशत सेयर बोनस गरी कुल ३० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
बजारमा सूचीकृत रहे पनि यो कम्पनीको सेयर कारोबार भने नगन्य मात्रामा हुने गरेको छ । विगत ६ महिनामा जम्मा ४ दिन मात्रै थोरै इकाइमा कम्पनीको सेयर कारोबार भएको छ ।
त्यस्तै कम्पनीले वार्षिक साधारणसभा पनि आह्वान गरेको छ । पुस २५ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । त्यस्तै पुस १० गते बुक क्लोजको मिति तय गरेको छ ।
प्रकाशित समय : १०:४४ बजे

















