global ime bank Long Banner Ad

गृहपृष्ठ आर्थिक मन्दीको प्रभाव बीमा क्षेत्रमा पनि, बीमाको दायरामा २ प्रतिशतले कमी

आर्थिक मन्दीको प्रभाव बीमा क्षेत्रमा पनि, बीमाको दायरामा २ प्रतिशतले कमी

आर्थिक मन्दीको प्रभाव बीमा क्षेत्रमा पनि, बीमाको दायरामा २ प्रतिशतले कमी

आर्थिक मन्दीका कारण अहिले सबै क्षेत्र अस्तव्यस्त बनेका छन् । बजार चलायमान नहुँदा सबै क्षेत्रमा सुनसानको अवस्था छ । समग्र अर्थतन्त्र कमजोर भएको समयमा यसको असर बीमा क्षेत्रमा पनि देखिएको छ । आर्थिक मन्दीका कारण बीमा क्षेत्रको दायरामा नै २ प्रतिशतले गिरावट देखिएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको चार महिनाको अवधिमा बीमाको दायरमामा २ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्षको चार महिनाको अवधिमा बीमाको दायरा ४४ प्रतिशत रहेको थियो भने चालू आर्थिक वर्षमा बीमाको दायर ४२ प्रतिशत रहेको छ । नयाँ याजनाका साथ बीमालाई विस्तार गर्ने योजनामा रहेका कम्पनीहरुलाई आर्थिक मन्दीले असर गरेको देखिएको छ ।

बीमा कम्पनीलाई अहिले नियमीत लक्ष्य पुरा गर्नका लागि पनि निकै हम्मे हम्मे परिरहेको छ । त्यस्तै बीमा अभिकर्ताले पनि आफ्नो टार्गेट परा गर्नका लागि नसकेको अवस्था छ । गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो चार महिनाको कुल निर्जीवन बीमाशुल्क ४.५८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा १३ अर्ब ३५ करोड ८५ लाख ८१ ह्जार कुल बीमा शुल्क आर्जन गरेका निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब ७४ करोड ७१ लाख ९९ हजार रुपैयाँ कुल निर्जीवन बीमाशुल्क आर्जन गरेका छन् ।

आर्थिक मन्दीका कारण कुल निर्जीवन बीमालेख संख्यामा पनि २.६८ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्षको सुरुको चार महिनामा ९ लाख १९ हजार २३८ कुल निर्जीवन बीमालेख जारी भएकामा चालू आर्थिक वर्षको सुरुको चार महिना अर्थात् कात्तिक मसान्तसम्म ८ लाख ९४ हजार ५२४ कुल निर्जीवन बीमालेख संख्या जारी भएको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

उता, कुल जीवन बीमाशुल्क संकलन बढेपनि कुल जीवन बीमालेख संख्यामा भने १.६० प्रतिशतले गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको सुरुका चार महिनामा १ करोड ३९ लाख ४२ हजार ३०९ कुल जीवन बीमालेख संख्या जारी भएकामा चालू आर्थिक वर्षको सुरुको चार महिनामा १ करोड ३७ लाख १९ हजार ७२५ कुल जीवन बीमालेख संख्या जारी भएको देखिएको छ ।

प्रकाशित समय : १०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु