गृहपृष्ठ ३० लाख बराबरको बैंक ग्यारेन्टी बुझाएसँगै पूर्वगृहमन्त्री खाणलाई लगियो सम्पत्ति शुद्धीकरण विभाग
३० लाख बराबरको बैंक ग्यारेन्टी बुझाएसँगै पूर्वगृहमन्त्री खाणलाई लगियो सम्पत्ति शुद्धीकरण विभाग
काठमाडौं जिल्ला अदालतमा ३० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगिएको छ ।
बबरमहलस्थित काठमाडौं जिल्ला अदालतबाट उनलाई पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण विभाग लगिएको हो ।
पाटन उच्च अदालतले ३० लाख धरौटीमा छाड्न आदेश दिएसँगै उनले जिल्ला अदालत पुगेर धरौटी बराबरको ग्यारेन्टी पेश गरेका हुन् ।
यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी छ । अख्तियारले उनलाई तारेखमा छाड्न लागेको स्रोतले खबरहबलाई बतायो ।
प्रकाशित समय : १४:४२ बजे

















