global ime bank Long Banner Ad

गृहपृष्ठ स्टयान्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर

स्टयान्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर

स्टयान्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर

स्टयान्डर्ड चार्टर्ड बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले पुस १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो।

बैंकले कात्तिकको तुलनामा मंसिरको लागि ब्याजदर घटाएको छ । साधारण बचत खातामा न्यूनतम ३.६० देखि अधिकतम ४.६५ प्रतिशत ब्याजदर दिने भएको छ। त्यसैगरी रेमिट्यान्स बचत खातामा ५.६५ प्रतिशत ब्याजदर दिने भएको छ।

बैंकले पुसमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ८.५६ प्रतिशतसम्म ब्याज दिने भएको छ। मुद्दती निक्षेपको न्यूनतम ब्याज ५ प्रतिशत रहेको छ। बैंकले हाल ८.९७ प्रतिशतसम्म ब्याज दिँदै आएको छ।

प्रकाशित समय : १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु