global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल आयल निगमका निर्देशक थानीले दिए राजीनामा

नेपाल आयल निगमका निर्देशक थानीले दिए राजीनामा

नेपाल आयल निगमका निर्देशक थानीले दिए राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । थानीले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई राजीनामा पत्र बुझाएका हुन् ।

मंसिर २७ देखि लागू हुनेगरी उनले राजीनामा बुझाएको उद्योगमन्त्रीको सचिवालयले जनाएको छ । राजीनामा पत्रमा उनले व्यक्तिगत कारण राजीनामा दिनुपरेको उल्लेख छ ।

उनी २०७८ फागुन २६ मा खुला प्रतिस्पर्धाबाट ३ वर्षका लागि नियुक्त भएका थिए । स्वचालित मूल्य प्रणालीका विषयमा सरकारबाट भएको हस्तक्षेपको विरोध गर्दै आएका थानीले पदावधि नसकिँदै राजीनामा बुझाएका हुन् ।

प्रकाशित समय : १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु