global ime bank Long Banner Ad

गृहपृष्ठ अभियन्ता ईः को ललितपुर महानगर अगाडी प्रदर्शन, स्थानीयले गरे विरोध

अभियन्ता ईः को ललितपुर महानगर अगाडी प्रदर्शन, स्थानीयले गरे विरोध

अभियन्ता ईः को ललितपुर महानगर अगाडी प्रदर्शन, स्थानीयले गरे विरोध

अभियन्ता ईः ले पुल्चोकस्थित ललितपुर महानगरपालिकका अगाडी प्रदर्शन गर्न लाग्दा स्थानीयले अवरोध गरेका छन् ।

अभियन्ता ईः ले फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयको विरोध गर्दै मंगलबार दिउँसो ३ बजेदेखि महानगरपालिका अगाडी १०८ मिनेट उभिएर प्रदर्शन शुरु गर्ने क्रममा स्थानीयले नै विरोध गरेका हुन् ।

महानगरले पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक महत्त्वका स्थानहरूमा अवरोध परेको भन्दै मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार रुटमा साँझ/बिहान पनि फुटपाथ पसल राख्न निषेध गरेको थियो ।

स्थानीयले अवरोध गर्दा ईः समर्थक र स्थानीयबीच केहीबेर धक्कामुक्कीसमेत भएपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

यसअघि अभियन्ता ईः ले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग गरेर काठमाडौंको राष्ट्रिय सभागृह अगाडि १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरेका थिए । असोज १० मा काठमाडौं महानगरपालिका र ईः बीच सम्झौता भएपनि सो सम्झौता अहिलेसम्म कार्यान्वयनमा भने आएको छैन ।

 

प्रकाशित समय : १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु