global ime bank Long Banner Ad

गृहपृष्ठ मिति उल्लेख नगर्ने ४ डेरी उद्योगलाई साढे ७ लाख जरिवाना

मिति उल्लेख नगर्ने ४ डेरी उद्योगलाई साढे ७ लाख जरिवाना

मिति उल्लेख नगर्ने ४ डेरी उद्योगलाई साढे ७ लाख जरिवाना

सरकारले पास्चराइज्ड दुधको प्याकेटमा उपभोग गर्ने मिति उल्लेख नगर्ने ४ डेरी उद्योगलाई साढे ७ लाख रुपैयाँ जरिवाना गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार सोमबार र मंगलबार गरी भक्तपुरका ४ डेरी उद्योगलाई ७ लाख ५० हजार रुपैयाँ जरिवाना गराइएको हो ।


दुधको प्याकेटमा उपभोग मिति उल्लेख नगरेको, म्याद नाघेको दुधलाई छुट्टै व्यवस्थापन नगरेको र खाद्य अनुज्ञा पत्रबिना सञ्चालन गरेको अभियोगमा भक्तपुरको जयशम्भु डेरीलाई सोमबार ३ लाख रुपैयाँ जरिवाना गराइएको थियो ।

यस्तै मंगलबार भक्तपुरकै जगदम्बा, नन्दनी र भक्तपुर डेरी उद्योगमध्ये दुई वटालाई २र२ लाख र एउटा उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना गराइएको छ । विभागको अनुगमन टोलीले अहिले पनि केही डेरी उद्योगमा अनुगमन गर्न जारी राखेको छ ।

प्रकाशित समय : १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु