गृहपृष्ठ भारतविरुद्ध नेपालको कमजोर प्रदर्शन, ५३ रनको लक्ष्य प्रस्तुत
भारतविरुद्ध नेपालको कमजोर प्रदर्शन, ५३ रनको लक्ष्य प्रस्तुत
एसीसी यू-१९ एसिया कपमा भारतविरुद्ध नेपालले ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
युनाइटेड अरब इमिरेट्स ९यूएई० स्थित आईसीसी एकेडेमी ओभल-२ मा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले २२.१ ओभरमा सबै विकेट गुमाएर ५२ रनमात्र बनाउन सक्यो । यू(१९ टिमले एकदिवसीय क्रिकेटमा बनाएको यो नै अहिलेसम्मको सबैभन्दा सानो योगफल हो । यसअघि नेपालले सन् २००८ मा वेस्ट इन्डिजविरुद्ध ७४ रन बनाउनु सबैभन्दा सानो योगफल थियो ।भारतविरुद्ध नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
हेमन्त धामीले आठ रन जोड्नु नै नेपाली टिमको व्यक्तिगत उच्च स्कोर बन्यो । नेपालका ओपनर दीपक बोहराले एक, अर्जुन साउदले सात, कप्तान देव खनालले दुई, गुल्सन झाले चार र दीपक बोहराले सात रन जोडे । सुवास भन्डारी दुई र दीपेश कँडेल चार रनमा आउट हुँदा आकाश चन्द चार रनमा अविजित रहे । यस्तै, उत्तम मगर र दीपक डुम्रे भने शून्यमै पभेलियन फर्किए ।
नेपाललाई सस्तैमा समेट्न भारतका राज लिम्बानीले सात विकेट लिए ।
९।१ ओभर बलिङ गरेका राजले तीन मेडन राख्दै १३ रन खर्चिए । आरध्य शुक्लाले दुई र अर्सिन कुलकर्णीले एक विकेट लिए ।नेपालले यसअघि प्रतियोगिताको दुवै खेलमा हार बेहोरेको थियो । यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले र अफगानिस्तानविरुद्ध ७३ रनले पराजित भएको थियो ।
प्रकाशित समय : १४:०७ बजे

















