गृहपृष्ठ आज सुनको मूल्य घट्याे, कतिमा हुँदैछ कारोबार ?
आज सुनको मूल्य घट्याे, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार १ लाख १७ हजार रूपैयाँमा कारोवार भएको छापावाल सुन आज ७ सय रूपैयाँले घटेर १ लाख १६ हजार ३ सय रूपैयाँ कायम भएको हो।
साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १५ हजार ७ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेकाे छ। साेमबार १ हजार ४ सय १५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ४ सय १० रूपैयाँमा काराेवार भइरहेकाे छ।
प्रकाशित समय : १०:५९ बजे

















