nmb bank

गृहपृष्ठ आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका केही भूभागमा बिहानै वर्षा भइरहेको छ । लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । केही भूभागमा हिमपात भइरहेको छ ।

आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहने छ ।

महाशाखाले देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ३९ मिनेट र सूर्यास्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ ।

प्रकाशित समय : ०७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु