काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मेरो उडानमा ३१ जना यात्रु छुटेको थाहै भएनः प्रधानमन्त्री दाहाल

5.12K
shares

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दुबई भ्रमणका क्रममा दुबई जानबाट ३१ जना यात्रुहरु छुटेकोप्रति दुःख व्यक्त गरेका छन्।

दुबईमा कोप–२८ मा सहभागी भएर आइतबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा यात्रु छुटेको विषय आफूले थाहा नपाएको दाबी गरे।

उनले आफूलाई उडान दुई घण्टा अघि सार्दा यात्रुहरु छुट्छन् भन्ने जानकारी भएको भए तोकिएको समयमै आफू जाने बताए।

उनले भने, ‘यदि मलाई दुई २ घण्टा अघि सारिँदैछ र त्यसो गर्दा ३१ जना यात्रु छुट्दैछन् भन्ने थाहा भएको भए म दुई घण्टा छिटो जाँदिन थिएँ, जुन समय हो त्यही समयमा जान्थेँ। उहाँ पुगेपछि मेरो कारणले दुई घण्टा छिटो ल्याउन खोज्दा छुटेको भन्ने थाहा पाएँ।’