काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अहिले नै मन्त्रिमण्डल पुनर्गठनको सम्भावना छैन : प्रधानमन्त्री

4.6K
shares

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले नै मन्त्रिपरिषद्मा कुनै हेरफेर नहुने स्पष्ट पारेका छन् ।

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी भएर आज स्वदेश फर्किएका प्रधानमन्त्रीलाई सञ्चारकर्मीले मन्त्रिपरिषद् पुनर्गठनबारे सोधेका थिए ।

जवाफमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नरहेको बताए । प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषद् पुनर्गठनबारे त सरकार गठन भएदेखि नै चर्चा चलिरहेकै छ । तर, तत्काल केही हुनेवाला छैन ।’

आफ्नो युएई भ्रमण अभूतपूर्व सफल भएको भन्दै उनले नेपालले चौतर्फी प्रशंसा कमाएको दाबी गरे ।