global ime bank Long Banner Ad

गृहपृष्ठ रियल म्याड्रिडको लगातार पाँचौ जित

रियल म्याड्रिडको लगातार पाँचौ जित

रियल म्याड्रिडको लगातार पाँचौ जित

स्पेनिस क्लब रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगको समूह सी मा लगातार पाँचौ जित दर्ता गरेको छ । घरेलु मैदानमा रियलले नेपोलीलाई ४–२ ले पराजित गर्दै लगातार पाँचौ जित दर्ता गराएको हो ।

खेलमा अग्रता नेपोलीले लिएपनि रियलले पुनरागमन गरेको हो । जिओभानी सिमिओनीले नवौं मिनेटमा गोल गर्दै नेपोलीलाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै रोड्रीगोले ब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याए । २२ औं मिनेटमा जुड बेलिंघमले गोल गरेपछि रियल पहिलो हाफमा २–१ ले अघि बढ्यो ।

दोस्रो हाफको ४७ औं मिनेटमा जाम्बो अन्गिसाले नेपोलीलाई बराबरीमा ल्याए ८४ औं मिनेटमा निको पाजको गोलमा रियल पुनः अघि बढ्यो इन्ज्युरी समयमा जोसेलुले गोल थप्दै रियलको ४–२ को जित पक्का गरे ।

समूहकै अर्को खेलमा ब्रागा र युनियन बर्लिनले १–१ को बराबरी खेले । रोबिन गोसेन्सको गोलमा बर्लिनले अग्रता लिएपनि घरेलु टोलीका लागि अल्भाररो जालोले दोस्रो हाफमा बराबरी गोल फर्काए । समूहमा रियल ५ खेलमा १५ अंकसहित समूह विजेता बनेको छ । नेपोलीको ७ अंक छ भने ब्रागाको ४ र बर्लिनको २ अंक छ । अन्तिम खेलमा रियलले बर्लिनको सामना गर्दा नेपोली र ब्रागा समूह उपविजेता बन्न प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित समय : ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु