गृहपृष्ठ युनाइटेड समूह चरणबाट बाहिरिने खतरा
युनाइटेड समूह चरणबाट बाहिरिने खतरा
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्पियन्स लिगको समूचरणबाट बाहिरीने खतरा बढेको छ । गए राती भएको खेलमा गालातासारायसँग बराबरीमा रोकिएसँगै युनाइटेड समूह चरणबाट बाहिरीने खतरा बढेको हो ।
समूह ए अन्तर्गतको खेलमा म्यानचेस्टर युनाईटेड र गालातासाराय बीचको खेल ३–३ को बराबरीमा सकिएको थियो । गालातासारायको घरेलु मैदानमा सदाझैं निकै अशान्त वातावरणमा भएको खेलमा अग्रता युनाइटेडले लिएको थियो । ११औं मिनेटमा अलेहान्द्रो गार्नाचोजो गोल गरे । खेलको १८औं मिनेटमा युनाईटेडले अग्रता दोब्बर बनायो । ब्रुनो फर्नान्डेजले बक्स बाहिरबाट गरेको प्रहारले जालि चुमेको थियो ।
खेलका २९औं मिनेटमा फ्रिकिकमा गोल गर्दै हाकिम जिएकले खेलमा युनाइटेडले अग्रता एक गोलमा झारे । तर ५५औं मिनेटमा युनाईटेडले दुई गोलको अग्रता पुनः स्थापित गर्यो । एरन वान बिसाकाको पासमा स्कट मक्टोमिनेले गोल गर्दै खेललाई ३–१ को स्थितिमा पुर्याएका थिए । तर त्यसपछि भने युनाईटेडले पुनः लय गुमाउन पुग्यो र आन्द्रे ओनाना पुनः गल्ति गर्न पुगे । जिएकको फ्रिकिक बचाउने क्रममा उनले बललाई पोस्ट भित्र नै छिराएपछि घरेलु टोलीले अग्रता पुनः एक गोलमा झारेको थियो । त्यस पछि ७१औं मिनेटमा भने गालातासारायले खेलमा बराबरी गर्न सफल भयो । कोपेनहेगन र बायर्नको खेल गोलरहित बराबरीमा सकिएपछि युनाइटेड अंक तालिकाको पुछारमा पुगेको छ ।
बराबरी सँगै युनाईटेडको अर्को चरण प्रवेश गर्न निकै कठिन भएको छ । अंक तालिकामा बायर्न ५ खेलमा १३ अंकसहित समूह विजेता बनिसकेको छ । कोपेनहेगन र गालाटासरेको ५–५ अंक छ । म्यानचेस्टर युनाइटेड ४ अंकसहित पुछारमा छ ।
प्रकाशित समय : ०८:२३ बजे

















