global ime bank Long Banner Ad

गृहपृष्ठ व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट प्रत्यक्षीकरणको रिट फिर्ता

व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट प्रत्यक्षीकरणको रिट फिर्ता

व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट प्रत्यक्षीकरणको रिट फिर्ता

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता भएको छ ।

यसअघि गत शुक्रबार सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठित भएको भन्दै अधिवक्ता डा. भण्डारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

सरकारले स्वतन्त्र रुपमा हिँडडुल गर्न दिइसकेकाले उक्त रिट फिर्ता लिएको अधिवक्ता डा. भण्डारीले जनाएका छन् ।

प्रकाशित समय : १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु