काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भूकम्पपीडितको जीवनरक्षा गर्न एमालेको माग

5.42K
shares

नेकपा एमालेले भूकम्पपीडितको जीवनरक्षाका लागि उचित व्यवस्था गर्न माग गरेको छ ।

भूकम्पपीडितले चिसोका कारण ज्यान गुमाउनुपरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदैै एमालेले अविलम्ब नागरिकहरुको जीवनरक्षाको लागि उचित प्रबन्ध गर्न मााग गरेको हो ।

‘भूकम्प प्रभावित जिल्ला जाजरकोटमा समयमा उपचार नपाएर १० जना भूकम्प पीडितहरुको मृत्यु भएको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारले बृद्ध, दीर्घरोगी, बालक, महिला, सुत्केरीहरुलाई समयमा आवास, उपचार उपलब्ध गराउन नसक्दा दुःखद् घटना भएको छ,’ एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी समयमा उपचार नपाएर मृत्यु हुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ र सरकारलाई अविलम्ब नागरिकहरुको जीवनरक्षाको लागि उचित प्रबन्ध गर्न जोडदार माग गर्दछ ।’

ad