गृहपृष्ठ उपररथी पाण्डेको राजीनामा स्वीकृत गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

उपररथी पाण्डेको राजीनामा स्वीकृत गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

उपररथी पाण्डेको राजीनामा स्वीकृत गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद नियमति बैठक मंगलबार बस्ने भएपनि प्रधानमन्त्रीले सोमबार नै बैठक बोलाएका हुन् । आजको बैठकमा नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गर्ने सम्भावना रहेको बुझिएको छ ।

उपरथी पाण्डेले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मालाई राजिनामा बुझाएका थिए । सेनाको जंगी अड्डाले सोही दिन पाण्डेको राजीनामा रक्षामन्त्रालयमा पठाएको थियो । पाण्डेको जन्ममिति र शैक्षिक प्रमाणपत्र विवादमा मुछिएका थिए ।

प्रकाशित समय : ११:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु